१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीलाई सुरूङभित्रै कस्ले पुर्‍यायो सोफा ?

३ वैशाख, काठमाडौं । नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग वारपार छेड्नुअघि अवलोकनमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुरूङभित्र रातो कार्पेटसहित सोफामा स्वागत गरिएको छ । उनलाई सुरुङभित्रै रातो कार्पेट ओछ्याएर स्वागत गरिएको हो । साथै सोफामा बस्ने व्यवस्था मिलाइएको छ ।

अवलोकनमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई पनि सोफामा बस्ने व्यवस्था मिलाइएको छ । मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै छेडिएको थियो ।

मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए ।

यो सुरुङमार्ग प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सक्ने आयोजनाले जनाएको छ ।

करिब साढे ४ वर्षअघि काठमाडौंको बलम्बु र धादिङको सिस्ने खोला जोड्ने सुरुङ मार्ग निर्माण सुरु भएको थियो । मुख्य सुरुङ २.६८८ किलोमिटरको हुनेछ । मुख्य सुरुङ मार्ग छेडिन अब २ मिटर मात्रै बाँकी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपतकालीन सुरुङ निर्माण गरिएको हो । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने ७ वटा ढोका छन् ।

यो सुरुङ मार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ । मुख्य सुरुङ ब्रेक थ्रु भएपछि त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलान लगायतका काम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्