११ मंसिर २०८२, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

समयसँगै भारतीय संविधानमा परिवर्तन गर्नुपर्छ : अरूण गोविल

३ वैशाख, काठमाडौं । लोकसभाको चुनावमा मेरठबाट भारतीय जनता पार्टीका तर्फबाट उम्‍मेदवार बनेका अरूण गोविलले भारतीय संविधान बदल्नु पर्ने बताएका छन् ।

रामायणमा रामको चरित्र निभाएका अरूण अहिले भाजपाका तर्फबाट लोकसभाका र उम्‍मेदवार बनेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले परिवर्तन नै प्रगतिको संकेत भएको बताएका छन् ।

उनले भनेका छन्, ‘जतिबेला हाम्रो देशको संवधिान बनेको थियो त्यतिबेला देखि नै विस्तारै परिवर्तनका हुनँदै आएको छ, परिवर्तन गर्नु त प्रगतिको निशानी हो, यसमा केही खराबी हुँदैन। त्यतिबेला परिस्थिति अर्कै थियो, अहिले अर्कै भएको छ ।’

उनले संविधान कुनै व्‍यक्तिको इच्छाले बदल्न नहुने भन्‍दै यसलाई सर्वसम्मतिले परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले भने, यो कसैको व्यक्तिगत चाहनाले होयन की सर्वसम्मतीले मात्रै परिवर्तन गर्नु उचित हुन्छ। यदि त्यस्तो केही भएमा मात्रै परिवर्तन हुनेछ।’

उनले प्रधानमन्त्री नरेन्द्र मोदीले अर्थ भएरै संविधान बदल्नु पर्ने कुरा गरेको बताए । ‘ प्रधानमन्त्री मोदीले कुनै पनि कुरा यतिकै त पक्कै भन्नु भएको छैन होला। यसको कुनै अर्थ त पक्कै छ।’

यता, बीजेपीका नेताहरूले संविधानमा परिवर्तन गर्नु पर्ने बताउँदै आएका छन् । यसअघि कर्नाटकका सांसद अनन्त हेगडे र अयोध्याबाट वीजेपीका उम्‍मेदवार लल्लू सिंहले पनि संविधानमा परिवर्तन गर्नु पर्ने बताउँदै आएका छन् ।

भापजाले आगामी लोकसभा चुनावमा चार सयभन्दा बढी सिट जित्ने दावी गर्दै आएको छ ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण