२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

जसपाका पूर्वसांसद साहमाथि आक्रमण, ३ जना पक्राउ

३ वैशाख, काठमाडौं । सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद प्रमोद साहमाथि आक्रमण भएको छ । आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा उनीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहले बताए । राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको पाइएको प्रहरीले जनाएको छ ।

सुरुमा पूर्वसांसद साहका कामदार राजेन्द्र महतोमाथि आक्रमण भएको थियो । पछि पूर्वसांसद साहमाथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ ।

आक्रमणमा परेर रवि पासवान र निकेश साह पनि घाइते भएका छन् । आक्रमणबाट घाइते भएका साहको हरिपुरकै अमृत हेल्थकेयरमा प्रारम्भिक उपचार भएको थियो । साह थप उपचारका लागि काठमाडौं आउने तयारीमा रहेको र उनको अवस्था खतरामुक्त रहेको एसपी सिंहले बताए ।

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि