१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

श्रीलंकामा नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा

१ वैशाख, कोलोम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब ८०० दोषीलाई आममाफी दिएका छन् ।

यसअघि क्रिसमसको उपलक्ष्यमा श्रीलङ्कामा आचरणमा सुधार आएका एक हजार कैदीलाई रिहा गरिएको थियो भने नयाँ बर्षको उपलक्ष्यमा ७७९ कैदीबन्दीलाई आममाफी दिइएको हो ।

कारागारका एक अधिकारीले एएफपीलाई बताए अनुसार हालसालै भएको हिंसात्मक गतिविधिका कारण श्रीलङ्काको कारागारमा भीडभाड रहेकोमा सयौँको सजाय माफी भएपछि कारगारभित्रको भीड कम भएको छ ।

शुक्रबारसम्म करिब ११ हजार कैदीबन्दी राख्न सक्ने गरी डिजाइन गरिएको श्रीलङ्काका कारागारमा करिब ३० हजार कैदीबन्दी रहेका थिए ।

श्रीलङ्काले नयाँ वर्षको अवसरमा लामो बिदा घोषणा गर्नुका साथै मङ्गलबारसम्म मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि