८ पुष २०८२, मंगलवार
सूचना प्रविधि

चुहियो आइफोन १६ सिरिजको डिटेल्स, के-के हुनेछन् फिचर्स ?

१ वैशाख, काठमाडौं । एप्पलको आगामी आइफोन, अर्थात् आइफोन १६ सिरिज लञ्च हुनका लागि अझै महिनौँ बाँकी छ । तर बजारमा आगामी आइफोनका बारेमा विभिन्न समाचारहरु सार्वजनिक भईरहेका छन् । हुनत, यस्तो भएको पहिलो पटक भने होइन । एप्पलको कुनै नयाँ फोन सार्वजनिक हुने बित्तिकैबाट आउँदो नयाँ सिरिजका बारेमा चर्चा हुन सुरु भईसकेको हुन्छ ।

एप्पलले आगामी सेप्टेम्बरमै आइफोन १६ सिरिज सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । त्यसअघि नै आइफोन १६ मोडेलका डमी फोटोहरु, ब्याट्री तथा अन्य विभिन्न डिटेल्सहरु सार्वजनिक भएका छन् ।

के हुनेछ खास ?

हालै आइफोन १६ सिरिजको एउटा डमी तस्वीर सार्वजनिक भएको छ । आइफोन १६ मा एप्पलले एक्सन बटन राख्नेछ, जुन फिचर आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्समा उपलब्ध छ । यसका अलावा फोनको दायाँ भागमा क्याप्चर बटन पनि हुने बताइएको छ ।

यसमा प्रयोगकर्तालाई जूम गर्ने फिचर पनि उपलब्ध हुनसक्नेछ । आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्सको स्क्रिन साइज चाहीँ आइफोन १६ र आइफोन १६ प्लसभन्दा ठूलो हुनसक्नेछ।

चिनियाँ सोसल मिडिया प्लाटफर्म विबोमा एकजना टिप्स्टरले आगामी आइफोन १६ सिरिजको ब्याट्रीको विवरण पनि सार्वजनिक गरिदिएका छन् । जस अनुसार आइफोन १६ मा ३५६१ मिलिएम्पियर आवर क्षमताको ब्याट्री उपलब्ध हुनेछ ।

त्यस्तै प्लस भेरिएन्टमा ४००६ मिलिएम्पियर आवर र आइफोन १६प्रोमा ३३५५ मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहनेछ। आइफोन १६ प्रो म्याक्समा चाहीँ ४६७६ मिलिएम्पियर आवर क्षमताको ब्याट्री हुने बताइएको छ । त्यसैले आइफोन १५ को तुलनामा आइफोन १६ मा शक्तिशाली ब्याट्री रहनेछ ।

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक