२३ फाल्गुन २०८२, शनिबार
समाचार

एपीएफ आगलागी घटना : भण्डारण शाखाका ७ सुरक्षाकर्मीलाई झिकाएर सोधपुछ

२८ चैत, काठमाडौं । सोमबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानविन गर्न भण्डारण शाखा ७ कर्मचारीलाई झिकाएर सोधपुछ सुरु गरिएको छ ।

 

आगलागीको घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको अध्यक्षतामा बनेको ९ सदस्यीय छानविन समितिले भण्डारण शाखाका एसपीसहित ७ जनासँग सोधपुछ सुरु गरेको हो ।

 

यसैगरी नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका र त्यस दिनको ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मेनगेटमा खटिएका २ जनालाई समेत सोधपुछका लागि सशस्त्र मुख्यालय मुख्यालय झिकाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि