२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार

विद्युतीय सुरक्षा दिवसमा बैतडी प्राधिकरणका कर्मचारीले निकाले प्रभातफेरि

२६ चैत, बैतडी । बैतडीमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले विद्युतीय दुर्घटनाबाट बच्ने भन्दै प्रभातफेरि निकालेको छ ।

 

सोमबार विद्युतीय सुरक्षा दिवसको अवसरमा बैतडी प्राधिकरणका कर्मचारहरूले हातमा सचेतनाका ब्यानर, प्लेकार्ड बोकेर सडकमा निस्किएका हुन् । उनीहरूले विद्युतीय दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिको लागि विद्युतको सदुपयोग गरौं’ भन्ने नाराका साथ नगर परिक्रा गरेका थिए । हरेक वर्ष २६ चैत्रमा विद्युतीय सुरक्षा दिवस मनाउन सुरु गरिएको हो ।

 

नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्सको संयुक्त आयोजनामा विगत २ वर्ष यता विद्युतीय दुर्घटना न्यूनीकरणका लागी जनचेतना दिन सुरक्षीत विद्युत सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रण कार्यको उपभोक्तामा वढी भन्दा वढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउनु यो दिवसको मुख्य उद्देश्य रहेको प्राधिकरणले जनाएको छ ।

 

जोखिमपूर्ण अवस्थामा रहेका जीर्ण, पोल तार र लाईन सामाग्री फेर्ने, सुरक्षात्मक प्रणाली सुधारका लागी पुराना सवस्टेशनको स्तरोन्नति गर्ने, ट्रान्सफरमरको क्षमता वृद्धि गर्ने, कन्डक्टरको क्षमता वृद्धि गर्ने, इन्सुलेटेर कन्डक्टरको प्रयोग गर्ने लगायतका कामहरु निरन्तर रुपमा अगाडि बढाइएको हो ।

 

विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्व बुझाउने, सुरक्षात्मक उपकरणको प्रयोग गर्न लगाउने, विद्युत माग र आपूर्ति पक्षको व्यवस्थापन गर्ने र किफायती उपकरणको प्रयोगमा जानकारी गराई गुणस्तरीय उपकरण मात्र प्रयोग गर्न समग्र उपभोक्ता वर्गलाई जनचेतना जगाउने आदि कार्यहरु निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको