२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

हतियार र मृगको छालासहित एक जना पक्राउ

२५ चैत, काठमाडौं । अवैध हतियार र मृगको छालासहित जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२० भलामखोरका ४२ वर्षीय दीपेनद्र केसी छन् । उनले वन्यजन्तुको शिकार गर्ने गरेको र हतियार समेत घरमा लुकाएर राखेको भन्ने सूचनामा आधारमा खटिएको टोलीले शनिबार उनलाई घरबाटै पक्राउ गरेको थियो ।

उनको घरबाट अवैध रुपमा राखिएको २ नाले लङ रेन्ज मेड इन स्पेन लेखेको बन्दुक १ थान, त्यसमा लाग्ने खाली खोका टोटा १३ थान, भरी खोका टोटा १ थान, बारुद २० ग्राम, छर्रा बनाउन प्रयोग गरिने मेटल ७७६ ग्राम बरामद गरिएको कास्की प्रहरीका एसपी मोहनकुमार थापाले बताए ।

त्यसैगरी बारुद बनाउन प्रयोग गरिने विभिन्न धुलो, मृगको छाला र आलो मासु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका केसीविरुद्ध हातहतियार तथा खरखजनाको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि