१ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने

२३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने भएका छन् ।

महानगरपालिका अन्तर्गतको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ ।

शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने शिक्षा विभागकी निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।

उक्त परिपत्र अनुसार अब सामुदायिक विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन् । अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नु परेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्नेछ । यसवाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी गर्दैन ।

हेर्नुहोस् महानगरपालिकाको शिक्षा विभागले जारी गरेको परिपत्र :

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि