२२ फाल्गुन २०८२, शुक्रबार
राजनीति समाचार समाज

मुख्यमन्त्रीको आग्रहमा सुदूरपश्चिम प्रदेशसभाको बैठक २ घण्टा सारियो

२२ चैत, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक सारिएको छ ।

मुख्यमन्त्रीको आग्रहमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक ५ बजेसम्म सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले बैठक दुई घण्टा सारिएको जानकारी दिए ।

बिहीबारको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिनेछन् तर सत्ता साझेदार नाउपभित्रको विवादका कारण शाहले विश्वासको मत पाउने सम्भावना कम छ ।

नाउपाकी प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई अध्यक्ष रञ्जिता श्रेष्ठले कारवाही गरेकी छन् भने श्रेष्ठ निकट कैलाश चौधरी र टीका थापा स‌ंघीय राजधानी काठमाडौंमा छन् ।

मुख्यमन्त्री शाहले उनीहरूलाई फकाएर धनगढी बोलाउने प्रयास गरिरहेका छन्। स्वतन्त्र सांसद डा. तारा जोशी पनि काठमाडौंमा छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि