२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

वैवाहिक बलात्कारमा न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

२१ चैत, काठमाडौं। सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीशहरु हरि फूयाल र तिल प्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला र उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।

न्यायाधीश गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले जिल्ला न्यायाधीश गिरीमाथि बैबाहिक बलात्कारको मुद्दा चलाएपछि जिल्ला र उच्च अदालतले गिरीलाई धरौटीमा रिहा गरेका थिए ।

मुद्दा दायर भएपछि न्यायाधीश गिरी निलम्बनमा छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि