२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार

सचिवहरुको जिम्मेवारीमा व्यापक सरूवा, कसको कहाँ ?

१९ चैत, काठमाडौं । सरकारले ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेअनुसार अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सचिवहरुलाई पत्र दिने काम धमाधम गरिरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको जल तथा ऊर्जा आयोगमा सरुवा भएको छ । आयोगकी सचिव सरिता दवाडीको सिँचाइ सचिवका रुपमा ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्रालयमा सरुवा भएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सचिवका रुपमा ऊर्जाबाट गोपालप्रसाद सिग्देल फर्किएका छन् ।

ऊर्जा सचिवमा हालका सिँचाइ सचिव रहेका सुशीलचन्द्र तिवारीले जिम्मेवारी पाएका छन् । सचिव रवीलाल पन्थको युवा तथा खेलकुद मन्त्रालयबाट निर्वाचन आयोगमा सरुवा भएको छ ।

उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन मामिला सचिवका रुपमा सरुवा भएको छ । सचिव भएपछि बुर्लाकोटीले पहिलोपटक कुनै मन्त्रालयमा सचिवको जिम्मेवारी पाएका हुन् ।

वित्त आयोगका सचिव कृष्णबहादुर राउत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग मामिला हेर्ने सचिवका रुपमा सरुवा गरिएको छ । उद्योग सचिव रहेका मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालयको सचिव बनाइएको छ ।

मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य मामिला हेर्ने सचिवका रुपमा सिंहदरबार भित्रिएका छन् ।

बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ ।

वाणिज्य सचिव रहेका नारायणप्रसाद शर्मा दुवाडीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएको छ ।

अन्य केही सचिवहरुको पनि सरुवा भएपनि कुन–कुन निकाय र मन्त्रालयमा सरुवा भयो भन्ने खुल्न बाँकी छ । ‘केही मन्त्रालय र निकायमा नाम टुंग्याएर पत्र बनाउन बाँकी छ, तर ठूलो संख्यामा सचिवहरुको जिम्मेवारी हेरफेर भएको छ,’ मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो, ‘कतिपयको पत्र बनेपछि नै टुंगो लाग्छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि