१७ बैशाख २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

कांग्रेस बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ : उपसभापति गुरुङ

१६ चैत, इनरुवा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने बताएका छन् ।

नेपाल प्रेस युनियन सुनसरी शाखाद्वारा आज आयोजित ‘लोकतन्त्रमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबैले एक ढिक्का भएर लाग्नुपर्ने बताए । उनले भने, ‘कांग्रेसको टिकटबाट निर्वाचित जनप्रतिनिधिले कुनै पनि प्रश्न नउठ्ने गरी काम गर्नुपर्छ ।’

कांग्रेसका नेता तथा कार्यकर्ताले कतिबेला प्राविधिक कुरा गर्ने र कतिबेला नीतिगत कुरा गर्ने विषयमा अल्झिने गरेका कारणले पटक-पटक समस्या उत्पन्न हुने गरेको उनको भनाइ थियो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारले नै निरन्तरता पाउने बताए ।

उनले भने, ‘केन्द्रीय सत्ता समीकरण फेरबदल हुँदैमा कोशी प्रदेश सरकारलाई केही असर गर्दैन । प्रदेश सरकारले अहिले मध्याधि निर्वाचन गर्दैन । विश्वासको मतसमेत दुई वर्षसम्म लिँदैन। ‘

कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले पछिल्लो समय देशमा नकारात्मक शक्तिको सञ्चार भइरहेका बेलामा सञ्चारमाध्यमले यसलाई चिर्नका लागि कलम चलाउनुपर्नेमा जोड दिए । उनले नेपालमा बौद्धिक अराजकताविरुद्ध सञ्चारकर्मीले लोकतन्त्रको रक्षा गर्दै कलम चलाउनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष तारानाथ दाहाल, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साललगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सुनसरीका अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य इकवाल अहमद, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य हेमराज दाहाल, दिवस पोखरेललगायतलाई सम्मान गरिएको थियो ।

प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा सम्पन्न भएको युनियन सुनसरीका सदस्य नसिम अन्सारीले जानकारी दिए ।

Visited 1 times, 1 visit(s) today

प्रतिक्रिया दिनुहोस्