१० पुष २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

त्रिवि स्नातक तहको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुबै भाषामा

१६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ ।

बिहीबार बसेको विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा सोध्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालन हुने स्नातक, स्नातकोत्तर लगायत उच्च तहको पढाई नेपाली तथा अंग्रेजी दुबै दुबै भाषामा हुनुपर्ने माग उठ्दै आइरहेको थियो ।

बैठकले आगामी प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागू गर्ने र क्रमशः दोस्रो तेस्रो र चौथो बर्षमा समेत लागू गर्ने निर्णय पनि गरेको विश्वविद्यालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि