१५ बैशाख २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

इलाम-२ मा राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम–२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार चयन गरेको छ ।

बिहीबार बसेको पार्टीको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार चयन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यस क्षेत्रबाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते राति निधन भएपछि १५ वैशाखमा त्यहाँ उपनिर्वाचन गर्न लागिएको छ । नेकपा एमालेले नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार चयन गरेको छ ।

प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवारको नाम टुंग्याइसकेका छैनन् ।

Visited 1 times, 1 visit(s) today

प्रतिक्रिया दिनुहोस्