१५ बैशाख २०८१, शनिबार
अर्थ मुख्‍य समाचार समाचार समाज

सुन तोलामा ११ सय बढ्यो

१५ चैत, काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ बिहीबार एक्कासि तोलामा १ हजार १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ हजार १ सय रुपैयाँ बढेर १ लाख २७ हजार ९ सय पुगेको छ । बुधबार १ लाख २६ हजार ८ सयमा किनबेच भएको थियो ।

त्यसैगरी तेजाबी सुन तोलामा १ लाख २७ हजार ३ सय रुपैयाँ पुगेको छ । बुधबार १ लाख २६ हजार २ सय थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा २० बढेर १ हजार ५ सय १० रुपैयाँ पुगेको छ । बुधबार १ हजार ४ सय ९० रुपैयाँ थियो ।

 

Visited 1 times, 1 visit(s) today

प्रतिक्रिया दिनुहोस्