७ पुष २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

१५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

१८ चैत अर्थात् आइतबार बिहान बस्ने गरी प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । यसअघि चैत १२ गतेका लागि तय भएको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार बिहान बालुवाटार डाकेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच संवैधानिक परिषद् बैठकबारे कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले अनलाइनखबरलाई जानकारी दिए ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि