२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

मदन भण्डारी राजमार्गको सिमलटारी-सौतामारे-मच्छी सडक निर्माण सुस्त

१४ चैत, गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गते सिमलटारी सौतामारे-मच्छी-सडक कालोपत्रेको काम सुस्त भएको छ ।

सडकको १६ किलोमिटर क्षेत्रअन्तर्गत सौतामारेसम्म अहिले निर्माण कार्य भइरहेको छ ।

सिमलटारीदेखि सौतामारेसम्म सडक स्तरउन्नतिसँगै कालोपत्रेको काममा ढिलासुस्ती भएको हो ।

सडक निर्माण कार्य सुरु गरेको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि चैतको पहिलो सातासम्म २० प्रतिशत मात्रै काम सम्पन्न भएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले बताइन् ।

उनका अनुसार सडकको प्रगति हेर्दा सडक काम समयमै सकिने सम्भावना न्यून छ ।

सडकको निर्माण कार्यलाई तीव्र बनाउन र गुणस्तीय काम गराउन सरोकारवाला पक्षबाट निरीक्षण गरिएको छ ।

सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे त्यस क्षेत्रका सांसद गोकर्ण बिष्ट, जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीलगायतको टोलीले निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा निर्माण व्यवसायीले अत्यन्तै न्यून संख्यामा कामदारको प्रयोग गरेर काम गरिरहेको पाइएको थियो ।

सांसद बिष्टले वर्षातअगाडि सडकको कालोपत्रे गर्नका लागि ग्राभेल गर्ने कार्य सम्पन्न गर्नु निर्माण व्यवसायीलाई आग्रह गरेका थिए ।

गुल्मी खण्डको तम्घास सिमलटारीसम्म २९ किलोमिटर सडक ४ वर्ष पहिले नै कालोपत्रे गर्ने कार्य सम्पन्न भएको थियो । तर, सिमलटारीदेखि गुल्मी र प्यूठानको सिमाना सौत्ाामारेसम्म सडक स्तरउन्नति र कालोपत्रे हुन सकेको थिएन ।

सडक समयमै निर्माण नहुँदा त्यसक्षेत्रमा यात्रा गर्ने सवारीसाधान र यात्रुले सास्ती खेप्नु पर्ने अवस्था रहेको छ ।

मदन भण्डारी राजमार्गको सिमलटारी सौतामारे खण्डमा श्रेष्ठ सक्षम जेभी काठमाडौंले निर्माण कार्य गर्दै आएको छ ।

सडकको एक अरब ४५ करोड ३२ लाख ९ हजार ९९० रुपैयाँको लागतमा निर्माण कार्य हुँदै आएको इन्जिनियर शर्माले बताइन् ।

०७६ साल कात्तिक ६ गते सम्झौता भएको सडकको ०८२ साल साउन ५ गते सम्पन्न गर्ने गरिसक्ने म्याद रहेको छ ।

सडकको हालसम्म २० प्रतिशत भौतिक प्रगति र १२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

सडकको ७.७५ चौडाइ कालोपत्रे गरिंदै छ । मदन भण्डारी राजमार्गको गुल्मी खण्डअन्तर्गत रिडी तम्घास खण्डमा पनि समान्तर इलाइट जेभीले सडक कालोपत्रे गर्न चौडा पार्ने काम गर्दै आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि