३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

सुनकोशी नदीमा वेपत्ता ३ बालबालिका अझै भेटिएनन्

१३ चैत, काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिका अहिलेसम्म भेटिएका छैनन् ।

आइतबार वेपत्ता भएका बालबालिका मंगलबार मध्यान्हसम्म नभेटिएको प्रहरीले जनाएको छ । आइतबार साँझदेखि सोमबार र मंगलबार मध्यान्हसम्म सशस्त्र प्रहरी बलको गोताखोरेले खोजी गर्दा समेत नभेटिएको सशस्त्रका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थााले जानकारी दिए ।

वेपत्ता ३ बालबालिकाको खोजी गर्न कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको थियो । गोतखोरको टोलीले समेत बालबालिकाको अवस्था पत्ता लगाउन सकेको छैन । अहिले भने घटनास्थलभन्दा तल सम्भावित ठाउँहरुमा सुरक्षा टोली पठाएर खोजी सुरु भएको छ ।

बेपत्ता हुनेमा बालबालिकाहरुमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेका छन् ।

उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका थिए । होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि