१९ कार्तिक २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

ललितपुरमा झडप हुँदा २ जनाको मृत्यु

१२ चैत, काठमाडौं । ललितपुरमा होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ ।

आइतबार राति ललितपुरको ढोलाहिटीमा होली खेलिसकेपछि होटेलमा मदिरा सेवन गरेको समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई ढोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई ढोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् ।

पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ । उनीहरू दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको एसपी सुवेदीले बताए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए ।

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि