६ पुष २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

सञ्जुको उत्कृष्ट ब्याटिङमा राजस्थानको विजयी सुरुवात

एजेन्सी : कप्तान सञ्जु स्यामसनको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनऊ सुपर जायन्ट्सलाई २० रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १९४ रनको विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनायो ।

लखनऊका निकोलस पुरनले ४१ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६४ रन बनाए । लोकेश राहुलले ४४ बलमा ४ चौका र २ छक्कासहित ५८, क्विन्टन डि कक ४, देवदत्त पाडिक्कल शून्य र आयुष बदोनीले १ रन बनाए ।

राजस्थानका ट्रेन्ट बोल्टले सर्वाधिक २ विकेट लिए । नान्द्रे बर्गर, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल र सन्दीप शर्माले १-१ विकेट लिए । त्यसअघि जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली राजस्थान रोयल्सले २० ओभरमा ४ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । राजस्थान रोयल्सका कप्तान सञ्जु स्यामसन ५२ बलमा ३ चौका र ६ छक्कासहित सर्वाधिक ८२ रनमा नट आउट रहे ।

रियान पराग २९ बलमा १ चौका र ३ छक्कासहित ४३, यशस्वी जैसवाल २४, जस बटलर ११, धुब्र जरेल २० रन बनाए । लखनऊका नविन उल हकले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट, मोहसिन खान र रवि विश्रोईले १–१ विकेट लिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected