२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

अरनिको पाँडेसहित ४ जना राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त

८ चैत, काठमाडौं । मन्त्रिपरिषद बैठकले अरनिको पाँडेसहित चार जनालाई राष्ट्रिय योजना आयोगको सदस्य मनोनीत गर्ने निर्णय गरेको छ।

सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा काठमाडौंकी संगीता सिंह, जुम्लाका कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई नियुक्ति गर्ने निर्णय भएको छ।

अधिकारी त्रिवि अर्थशास्त्र विभागीय प्रमुख हुन्। संगीता सहरी विकास विज्ञ हुन्। पाँडे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य तथा जलवायु विज्ञसमेत हुन्।

सत्तागठबन्धनले भागबन्डाका आधारमा राष्ट्रिय योजना आयोग सदस्य नियुक्त गरेको हो।

महत र अधिकारी नेकपा (एमाले) निकाट हुन् भने पाँडे रास्वपा केन्द्रीय सदस्य हुन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि