Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अरनिको पाँडेसहित ४ जना राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त

रातो कागज
1 वर्ष अघि

८ चैत, काठमाडौं । मन्त्रिपरिषद बैठकले अरनिको पाँडेसहित चार जनालाई राष्ट्रिय योजना आयोगको सदस्य मनोनीत गर्ने निर्णय गरेको छ।

सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा काठमाडौंकी संगीता सिंह, जुम्लाका कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई नियुक्ति गर्ने निर्णय भएको छ।

अधिकारी त्रिवि अर्थशास्त्र विभागीय प्रमुख हुन्। संगीता सहरी विकास विज्ञ हुन्। पाँडे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य तथा जलवायु विज्ञसमेत हुन्।

सत्तागठबन्धनले भागबन्डाका आधारमा राष्ट्रिय योजना आयोग सदस्य नियुक्त गरेको हो।

महत र अधिकारी नेकपा (एमाले) निकाट हुन् भने पाँडे रास्वपा केन्द्रीय सदस्य हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया