२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

इलाम-२ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस

७ चैत, इलाम । इलाम–२ मा १५ वैशाखमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस भएका छन् ।

कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा ७ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका उपसभापति खगेन्द्र देवानले बताए । उपसभापति देवानका अनुसार आएका नाममलाई ८ चैतभित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने छ । प्रदेशले १० चैतमा उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाउनेछ ।

पहिलो नम्बरमा सिफारिस भएका आचार्य कांग्रेस महासमिति सदस्य तथा २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित उम्मेदवार हुन् ।

खड्का २०७९ सालको निर्वाचनमा नेम्वाङसँग पराजित उम्मेदवार हुन् । त्यस्तै केशव थापा पूर्वसांसद तथा पूर्वराज्यमन्त्री हुन् । नगेन्द्र कुमाल नेपाल आदिवासी जनजाति महांघको पूर्वअध्यक्ष हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि