२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

बच्चा चोरी आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा

५ चैत, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मानुकमारी सिंहलाई धरौटीमा रिहाका लागि आदेश थिएको हो ।

आइतबारको अधिकारीको इजलासले डेढ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाले सिंहलाई रिहा गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेकी सिंह अदालतको आदेशपछि आइतबार नै धरौटी बुझाएर रिहा भएकी हुन् ।

दैलेखको महाबु गाउँपालिका–६ कि बच्चा चोरीको आरोपमा ११ फागुनमा पक्राउ परेकी थिइन् । उनीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको थियो ।
११ फागुनमा १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु मानकुमारीले चोरी गरेर लगेको आरोप लागेको थियो ।

प्रहरीले सोही राति १२ बजेतिर काँडाघारीबाट ती महिलालाई पक्राउ गरेको थियो भने शिशुको उद्दार गरेको थियो । बिहे गरेको ३ वर्षसम्म सन्तान नभएपछि प्रसूति गृहबाट शिशु चोरी उनले बताएकी थिइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि