२१ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सुन प्रकरणमा मुछिएका महरालाई पक्राउ गरेकोमा सरकारलाई गगन थापाले दिए धन्यवाद

५ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुन प्रकरणमा मुछिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेबाट समय लिई बोलेका कांग्रेस सांसदसमेत रहेका महामन्त्री गगन थापाले महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन्।

‘केही समयअगाडि प्रतिपक्षी ठाउँबाट नेकपा (एमाले) ले सदनमा एउटा विषय जोडदार ढंगले उठायो। सुन प्रकरणमा शक्तिशाली मानिसहरू संलग्न भएका छन्, त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सही टुंगोमा पुग्न सक्दैन। शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षीको आशंका सही सावित भयो,’ थापाले भने।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको र मुद्दा चलाउन सिफारिस भएका कृष्णबहादुर महरा पक्राउ परेकोमा उनले सरकारलाई धन्यवाद दिए।

‘आयोगले प्रतिवेदन बुझाएको छ। भर्खर हामीले समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ। सरकारलाई धन्यवाद छ,’ उनले भने, ‘यसमा सरकारलाई हाम्रो पूर्ण साथ छ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि