२१ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

सहकारीबाट लिएको ऋण समयमै नतिर्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह गरेको छ ।

महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै विभागले जुन सम्झौता र सर्त बमोजिम लिइएको हो सोही बमोजिम रकम फिर्ता गर्न भनेको छ ।

सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने भ्रम फैलाइएको र सोही अनुसार केहीले ऋण चुक्ता गर्न बहाना गरेको गुनासो आएको विभागले जनाएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि