२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

वडा कार्यालयमा जन्ती बास बसेपछि बिदा

२९ फागुन, जनकपुरधाम । जन्ती राख्नको लागि वडा कार्यालय प्रयोग गरेपछि जनकपुरधाम उपमहानगरपालिका-२५ मा मंगलबार बिदा दिइएको छ । एक स्थानीयको बिवाहमा आएका जन्ती सोमबार राति वडा कार्यालयमा बास बसेका थिए ।

कार्यालय सहयोगीको घरमा विवाह परेको र वडासचिव मदन महतो बिरामी भएकाले वडा कार्यालय बन्द रहेको वडा नं. २५ का वडाध्यक्ष चन्देश्वर साहले साहले बताए ।

वडा कार्यालयको सभाहलमा जन्ती राखिएको भन्दै उनले यही कारणले कार्यालय खोल्न अवरोध नभएको तर वडासचिव र कार्यालय सहयोगी नआउने भएपछि बन्द रहेको बताए ।

‘उहाँहरु आउनुभएन, म पनि गइन । त्यसकारण वडा कार्यालय बन्द छ । जन्ती हलमा भएकाले कुनै समस्या परेको छैन’, वडाध्यक्ष साहले भने ।

वडा कार्यायल जन्ती राख्नको लागि बन्द गरेको भन्दै वडाबासीले विरोध जनाएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि