२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

नितिश कुमारसँग तुलना गर्दै कांग्रेस सांसद ढुंगानाले गरे प्रचण्डको आलोचना

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले बिहारका मुख्यमन्त्री नितिश कुमारसँग तुलना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाको अध्यक्षका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा उनले प्रधानमन्त्रीले आलोचना गरेका हुन् ।

‘बिहारका नितिश कुमारले ९ पटक अदलबदल गर्नुभएको रहेछ । उहाँलाइ पल्टुराम भन्दा रहेछन्,’ सांसद ढुंगानाले भने, ‘प्रधानमन्त्री जस्तो मान्छेले म बाचुन्जेल उथलपुथल गरिरहन्छु भन्न मिल्दैन् ।’

प्रधानमन्त्री प्रचण्डले गत चुनावमा मतदाताले दिएको मतविपरीत हिंडेको आरोप लगाए । गत चुनावमा कांग्रेसर माओवादीसहितका पाँच दलले संयुक्त रुपमा चुनाव लडेका थिए । उक्त चुनावमा मत मागे अनुसार गठबन्धन अगाडि लानु पर्नेमा प्रचण्डले त्यसो नगरेको भनी आलोचना गरेका हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि