८ पुष २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

शिवरात्रिमा भीआईपी दर्शन पास बन्द

२५ फागुन, काठमाडौं । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि विगतमा वितरण गरिने भीआईपी पास यसपटक बन्द गरिएको छ ।

विगतमा भीआईपीहरुका लागि छुट्टै पास वितरण गरी पशुपतिनाथ मन्दिर दर्शनको व्यवस्था मिलाइन्थ्यो । त्यसका लागि तीलगंगातर्फको मार्ग प्रयोग गरिन्थ्यो ।

तर यसपटक भीआईपी पास बन्द गरिएको र तीलगंगा मार्गलाई भक्तपुर, ललितपुर र पूर्वतर्फबाट आउने भक्तजनहरुको सहजताका लागि प्रयोग गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार क्षेत्रीले जानकारी दिए ।

पशुपतिनाथ मन्दिर दर्शनका लागि आज बिहान २ बजेदेखि नै खुला गरिएको छ । पहिले चार वटा ढोकामा चारवटा र्‍याम्प दर्शनका लागि प्रयोग हुन्थ्यो भने यसपालि फरक छ । उत्तरतर्फ तीनवटा र्‍याम्प बनाइएको छ । यसैगरी पूर्व, पश्चिम र दक्षिणतर्फबाट दुई-दुईवटा र्याम्प बनाइएको छ ।

बौद्ध, साँखु, सुन्दरीजलतर्फबाट आउने व्यक्तिहरुका लागि गुह्येश्वरी भन्दा माथि यातायात कार्यालयसँगै रहेको जग्गामा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ । यसका लागि आठ नम्बर वडा कार्यालयसँग समन्वय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि