२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

पशुपति क्षेत्र वरपर भोलिदेखि २७ मंसिरसम्म मासु र मदिरा निषेध

२२ फागुन, काठमाडौं । शिवरात्रिमा पशुपतिनाथमा हुने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले त्यस क्षेत्रमा २३ देखि २७ फागुनसम्म मासु र मदिरा बेचबिखन र ओसारपसारमा रोक लगाएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणका क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थको ओसारपसार, बिक्री, भण्डारण र सेवनमा रोक लगाइएको हो ।

‘कोशी कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही भइजाने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको सूचनामा भनिएको छ ।

हिन्दु धर्माबलम्बीले शिव भगवानको पूजा आरधना गरी मनाउने पर्व शिवरात्रि २५ फागुन शुक्रबारको दिन परेको छ । त्यस दिन पशुपति क्षेत्रमा शिवको पूजा गर्न आउनेको ठूलो भिड लाग्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि