१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

सातै प्रदेशका मुख्यमन्त्री पनि हेरफेर गर्ने नयाँ गठबन्धनको तयारी

२१ फागुन, काठमाडौं । नयाँ गठबन्धनका शीर्ष नेताहरूले सातै प्रदेशका मुख्यमन्त्री पनि हेरफेर गर्ने तयारी गरेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकले प्रदेशका मुख्‍यमन्त्रीहरू पनि हेरफेर गर्ने तयारी गरेको बैठकमा सहभागी माओवादी सचिव देवेन्द्र पौडेल बताएका छन् ।

उनका अनुसार नयाँ गठबन्धनमा आवद्ध दलहरुलाई समेटेर आजै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ ।

यस्तै राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पनि नयाँ सहमति खोज्ने उनको भनाइ छ । उनले भने, ‘प्रदेशका मुख्यमन्त्रीहरु आलोपालोको आधारमा हेरफेर गरेर अगाडि बढाउने सहमती गर्ने कुरा भएको छ।’ एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच प्रारम्भिक छलफल भइरहेको छ । बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धनका अन्य दललाई दिने तयारी छ ।

उनका अनुसार नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई पनि समेटेर लैजान पहल गर्ने माओवादीको निर्णय छ ।

कांग्रेससँग गठबन्धन टुटेपछि नयाँ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको बैठक बसिरहेको छ ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका नेताहरुसँग छलफल गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि