२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

प्रिमनसुन अवधि सुरु, काठमाडौंमा वर्षा

२० फागुन, काठमाडौं । यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलोपटक आज काठमाडौंमा बदलीसहित वर्षा भएको छ । काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

प्रिमनसुन अवधिमा स्थानीयस्तरमा प्रणाली विकास भई वर्षा हुने गर्दछ । यसै अवधिमा चट्याङ पनि पर्दछ ।

यस वर्ष गत मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि हिउँदको थियो । हिउँदले बिदा लिए पनि पश्चिमी वायुको प्रभाव अझै केही बाँकी नै रहेको महाशाखाले जनाएको छ ।

मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको र काठमाडौं उपत्यकासहितका केही स्थानमा वर्षा पनि भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रिमनसुन अवधि गत शुक्रबारदेखि नै सुरु भए पनि सक्रिय हुन भने अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविन रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कर्णाली प्रदेशमा बढी बदली छ ।

बदली र वर्षाको क्रम आज रातिसम्म कायम रहने पूर्वानुमान छ । आज राति पश्चिमी भू–भागमा बढी बदली हुने छ । भोलि सोमबारदेखि भने मौसममा क्रमशः सुधार देखिने छ ।

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि