२७ फाल्गुन २०८२, बुधबार
समाचार समाज

सेनाको हेलिकप्टरमा प्रधानमन्त्री पुगे बागलुङको महायज्ञ

१९ फागुन, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बागलुङको पञ्चकोटमा जारी महायज्ञमा सहभागी भएका छन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत पञ्चकोट पुगेका माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले विभिन्न धार्मिक मन्दिर र देवस्थलको अवलोकन गरेका छन् ।

बागलुङ नगरपालिका-६ पञ्चकोटमा हिन्दु धार्मिक गुरु कमलनयनाचार्यको नेतृत्वमा विभिन्न धार्मिक संरचना बनिरहेको छ । पञ्चकोटमा बनेको संरचना अहिले पर्यटकीय गन्तव्यसमेत बनिरहेको छ ।

अहिले पञ्चकोटमा ठूलो सम्मेलन सभा हलसमेत तयार हुने गरी विश्वकै ठूलो कलश बनाउन महायज्ञ भइरहेको छ ।

महायज्ञको ११ औं दिनमा पुगेका प्रचण्डले कमलनयनाचार्यको प्रशंसा गरे भने आध्यात्मबिना शान्ति प्राप्त नहुने धारणा राखे ।

‘वर्तमान विश्वले जबसम्म आध्यामिक चिन्तन र आध्यामिक चेतनाको विकास गर्न सक्दैन, तबसम्म समाजले स्थायी शान्ति प्राप्त गर्न पनि सक्दैन’, उनले भने, ‘गौतमवुद्धको देशमा जन्मेका हामी शान्तिका लागि सम्पूर्ण विश्वको आकर्षण बन्नुपर्नेमा पैसाका लागि नेपाली विदेशिनु परेको अवस्थालाई परिवर्तन गर्नुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले कमलनयनाचार्यले नवलपरासीको गजेन्द्र मोक्षधामदेखि मुक्तिनाथसम्म धार्मिक पर्यटनलाई प्रचार गर्ने ठूलो योगदान गरेको बताए ।

वेदव्यासभूमिका जनताहरु रोजीरोटीका लागि भनेर दिनहुँ लाग्ने गरेको लामो लाइनलाई अब लम्बिन दिन नहुने उनको भनाइ छ ।

प्रधानमन्त्रीले संस्कार, संस्कृति र पहिचानसहितको व्यवहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताए । प्रधानमन्त्री प्रचण्डले कोरला जोड्ने सडकलाई आउने बजेटमा उच्च प्राथमिकतामा राख्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका चन्द्रप्रसाद ढकालले कोरोला–त्रिवेणी जोड्ने सडकलाई सरकारले प्राथमिकतामा राखेर सञ्चालनमा ल्याउँदा यो क्षेत्रलेमात्रै होइन, देशले नै ठूलो फड्को मार्ने बताएका छन् ।

कालीगण्डकी करिडोर धार्मिक पर्यटकीय गन्तव्य जोड्ने समृद्धिको रेखा बन्ने उनको भनाइ थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि