२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

द्वन्द्वग्रस्त मुलुकमा पठाउने व्यक्ति र एजेन्सीलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री खड्का

१८ फागुन, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले द्वन्द्वग्रस्त मुलुकको सेनामा भर्ना हुन नेपाली पठाउने व्यक्ति र एजेन्सीलाई कारबाहीको दायरमा ल्याउन सरकार क्रिाशील रहेको बताएका छन् ।

राष्ट्रिय सभामा शून्य र विशेष समयमा सांसदहरुले रुसी सेना र युक्रेनी सेनामा नेपालीहरु भर्ना हुन गएको सम्बन्धमा सरकारको जवाफ माग गर्दै आएका थिए ।

शुक्रबार जवाफ दिँदै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनामा भर्ना हुन जानलाई निरुत्साहित गर्ने र यस्तो कार्यमा सघाउनेलाई कानुनी कारबाही हुने बताएका हुन् ।

उनले भने, ‘नेपाली नागरिकहरु द्वन्द्वग्रस्त मुलुकहरुमा जाने, द्वन्द्वग्रस्त मुलुकको सेनामा गएर भर्ना हुने कार्यलाई निरुत्साहित गर्ने र यस्तो कार्यमा सघाउने व्यक्ति र एजेन्सीलाई कानुनी कारबाहीको दयारमा ल्याउने कार्यमा सरकार क्रिाशिल रहेको जानकारी गराउन चाहन्छु ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि