२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

उपप्रधानमन्त्री खड्काको दाबी : गठबन्धन तलमाथि हुँदैन, पाँच वर्ष नै चल्छ

१८ फागुन, काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् ।

शुक्रवार काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले बाहिर गठबन्धन तलमाथि हुने हो की भन्ने आशंका पैदा भएको भन्दै गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दाबी गरे ।

उनले भने, ‘बाहिर एउटा हल्ला चलेको छ, भन्दाभन्दै गठबन्धन तलमाथि भएर उहाँ कहाँ पुग्नुहुने हो की भन्ने चिसो परेको छ भने त्यो चिसोबाट मुक्त हुनुहोला । यो गठबन्धन ५ वर्ष चल्छ । यो जनतालाई धोका दिनका लागि, कुर्सी तानातानका लागि गठबन्धन बनेको होइन ।’

उनले जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको जिकिर गरे । उनले आफूले कर्णालीलाई केन्द्रमा पुर्‍याउने कुरा नबिर्सिएको बताए । रक्षामन्त्री खड्काले सरकारले आधुनिक स्तरको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो बनाउने प्रतिवद्धता व्यक्त गरे ।

‘यो गठबन्धन मुलभुत उद्देश्यसहित सडकदेखि शुरु हुँदै, जनताको बीचमा मत माग्दा मुलुकलाई यसरी अघि बढाउँछौँ भनेर हालका वर्तमान प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र म स्वयं निर्वाचनको बेलामा गएर मत दिनुस्, गठबन्धनलाई बहुमत दिनुस्, नेतृत्व गर्न चाहन्छौं भनेको हो । कर्णालीलाई केन्द्रमा पुर्‍याउनेकुरा बिर्सिएका छैनौँ ।’ उनले भने ।

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा आधुनिक स्तरको स्टुडियो बनाउन आवश्यक रहेको बताए । उनले नेपाल आफैँमा खुला स्टुडियो भएपनि सबै कामहरु त्यसबाट पूरा नहुने बताए ।

उनले चलचित्र क्षेत्रको विकासका लागि बोर्डले सबै किसिमबाट सहयोग गरिरहेको बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि