२७ फाल्गुन २०८२, बुधबार
समाचार समाज

फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप

१६ फागुन, काठमाडौं । काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ ।

फुटपाथ व्यवसाय हटाएको काठमाडौं महानगरपालिकाले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ । तर साँझ ७ बजेपछि नै फुटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधबार साँझ नगर प्रहरीले व्यवसायीहरुलाई हटाएको थियो ।

त्यसक्रममा सुन्धारा क्षेत्रमा झडप भएको छ । नगर प्रहरी केहीलाई पक्राउ गर्नुका साथै लाठी हानेपछि व्यवसायीहरुले प्रतिकार गरेका थिए । ‘नगर प्रहरीले एक्कासी बल प्रयेग गरेर दुःख दियो’ । फुटपाथ व्यवसायी कुमार सापकोटाले भने, ‘हाम्रा ३/४ जना साथीलाई पक्राउ गरेर लैजानुभएको छ ।’

नगर प्रहरी प्रमुख राजु पाण्डेले भने नगर प्रहरीलाई ढुंगामुढा गरेपछि हामीले प्रतिकार गरेको बताए । उनका अनुसार नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ७ जना घाइते भएका छन् ।

पाण्डेले अगाडि भने, ‘हाम्रो टोली भने फर्किएको छ, फुटपाथ व्यवसायीहरु भने अहिले पनि त्यही छन् ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि