२३ फाल्गुन २०८२, शनिबार
समाचार समाज

सिंहदरबार र संसद भवनको फुटपाबाथमा टाँगेको डोरी प्रहरीले हटायो

१६ फागुन, काठमाडौं । प्रहरीले सिंहदरबार, बालुवाटार, संघीय संसद् भवन बानेश्वरलगायतका ठाउँको फुटपाथमा लगाएको डोरी हटाएको छ । व्यापक आलोचनापछि बुधबार साँझ प्रहरी टोलीले ती क्षेत्रबाट डोरी हटाएको हो ।

उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले सुरक्षालाई मजबुत बनाउन अल्पकालीन रुपमा डोरी राखिए पनि हटाएको अनलाइनखबरसँग बताए ।

‘धेरै किसिमका आन्दोलन भइरहेका छन्, तोकिए अनुसार कार्यक्रम पनि भएका छैनन् । त्यसैले भिडभाड नहोस् भन्न खोजेका थियौं’, उनले भने, ‘सडकमा जनतालाई दुःख भयो भनेपछि हटाएका छौं ।’

सोमबार लघुवित्तका ऋणीहरुको एउटा समूह बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेको थियो । लगत्तै संसद् भवनको सुरक्षामा खटिएका ३२ जना प्रहरी हटाइएका थिए भने गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखको आकस्मिक बैठक बोलाएका थिए ।

फर्किएपछि सुरक्षा समितिको निर्णय भन्दै प्रहरीले सिंहदरबार, बालुवाटार लगायतका क्षेत्रको फुटपाथमा डोरी टाँगेर सर्वसाधारणलाई हिँडडुलमा रोक लगाएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि