२१ फाल्गुन २०८२, बिहीबार
राजनीति समाचार समाज

ईपीजीको प्रतिवेदन दुबै सरकारले एकैचोटी बुझ्ने गृहकार्य भइरहेको छ : प्रचण्ड

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन दुबै सरकारले एकैचोटी बुझ्ने गृहकार्य भइरहेको बताएका छन् ।

बुधबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा उपस्थित भएका उनले दुबै देशको सहमतिमा ईपीजी गठन भएकाले त्यसको प्रतिवेदन दुबै सरकारले एकै चोटी बुझ्ने र घोषणा गर्ने गृहकार्य भइरहेको बताएका हुन् ।

‘ईपीजी सहमतिबाट गठन भएको र प्रतिवेदन तयार भएको हुनाले दुबै सरकारले एकैचोटी सहमतिबाट नै त्यो बुझ्ने र घोषणा गर्ने गर्दा राम्रो हुन्छ भनेर आन्तरिक गृहकार्य चलिरहेको छ’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले त्यो हुनै सकेन भने नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताए । यद्यपि उनले कस्तो निर्णय भन्नेबारे केही खुलाएनन् ।

नेपाल र भारतबीच सीमा लगायतका विभिन्न समस्या पहिचान गरी समाधानको उपाय पत्ता लगाउन दुबै देशका सरकारको सहमतिमा नेपाल भारत प्रवुद्ध व्यक्ति समूह गठन गरिएको थियो । दुबै देशका ४-४ जना प्रवुद्ध व्यक्ति सहभागी ईपीजीले प्रतिवेदन तयार पारे पनि सार्वजनिक भएको छैन ।

उक्त प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि भारतीय प्रधानमन्त्रीले समय दिएका छैनन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि