२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

अख्तियारले डामेका, आयोगले पोलेका, सहकारी ठग्ने र दुई-चार थान नागरिकता बोक्नेलाई घर पठाऔं : गगन थापा

१४ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियारले डामेका, आयोगले पोलेका, सहकारी ठग्ने र दुई-चार थान नागरिकता बोक्नेलाई घर पठाउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद थापाले बोल्दै भने, ‘अख्तियारले डामेको, आयोगले पोलेको, सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घरु पठाइदिऔं ।’

उनले विवादित व्यक्तिहरूलाई अनुसन्धानका लागि संसद्‍बाट बिदाइ गरेर जनता र राष्ट्रका मुद्दामा छलफल गर्नुपर्ने बताए । सत्तापक्षले प्रतिपक्षलाई दोषी देखाउने र प्रतिपक्षले सत्तापक्षलाई दोषी देखाएर संसद्ले राम्रोसँग काम गर्न नसकेको उनको जिकिर छ ।

‘विगत केही दिनदेखि यताकाले उता बसेको दागी देखाउने, उताकोले यता बसेको दागी देखाउने दोहोरी चलिरहेको छ । यही पाराले त न संसद् राम्रोसँग चल्ने भयो मूल विषय पनि छायामा पर्ने भयो,’ सांसद थापाको प्रस्ताव थियो, ‘अब यसो गर्न लगाऔं, आशनको दायाँ बस्ने होस्, बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् ।’

संसद्‍‍मा तत्कालीन संचारमन्त्रीका रूपमा गरेको टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिन जाने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, सरकारले गठन गरेको बालकुमारी घटना छानबिन गर्न गठित आयोगले दोषी देखाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई राजीनामा गर्नुपर्ने माग प्रतिपक्षी दलहरूले गर्दै आएका छन् ।

सांसद थापाले सहकारी ठगी प्रकरणमा संलग्न रहेकाहरूलाई पनि संसद्‍बाट अनुसन्धानका लागि घर पठाउनुपर्ने बताए । ‘सहकारी ठग्ने, दुईचार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔं,’ उनले प्रश्न गरे, ‘यति गर्न सकेदेखि के होला ? निर्दोष भए फर्किएर आउनुहोला फूलमाला लगाएर स्वागत गरौंला दोषी भए दण्ड बेहोर्नुहोला ।’

विभिन्न सहरमा सहकारी खोलेर बचत अपचलन गरेको सम्बन्धमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपाका सभापति रवि लामिछानेउपर आरोप छ । उनीमाथि सम्पत्ति सुद्धिकरण विभागले छानबिन पनि थालेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि