१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सांसदहरुले उठाएको कुराको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

१४ फागुन, काठमाडौं । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरू भएको छ ।

प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन् ।

रुलिङ भएसँगै सभाको बैठक नियमित रुपमा सुचारु भएको छ ।

सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरु, बैठकमा नियमित रुपमा यहाँहरुले उठाउनुभएको विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।माननीय सदस्यहरुले उठाउनुभएको विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विवादित मन्त्रीहरुको राजीनामाको माग गरेका थिए । मन्त्रीहरु विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्