११ श्रावण २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

संसदमा विपक्षी दलको नाराबाजी, १५ मिनेटका लागि बैठक स्थगित

१४ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ ।

प्रतिनिधि सभा (संसद) को सोमबार बसेको बैठकमा एमाले सांसदहरुले आ-आफ्नो स्थानमा उभिएर नाराबाजी गरेका हुन् ।
उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए ।

एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्