२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

मिटरब्याज पीडितसँग वार्तासँग गृहले बनायो सहसचिव नेतृत्वमा टोली

१३ फागुन, काठमाडौं । २३ दिनदेखि पैदल हिँडेर न्याय मार्च गरेको मिटरब्याज पीडितसँग वार्तासँग गृह मन्त्रालयले वार्ता टोली बनाएको छ ।

मन्त्रालयका सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन भएको हो ।

मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि आउन भन्दै पत्र पठाएको थियो । तर, व्यक्तिगत रुपमा सम्बोधन गरेर पत्र पठाएको भन्दै छलफलमा नजाने निर्णय समितिले गरेको थियो ।

लगत्तै मन्त्रालयले फेरि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नाममा पत्र पठाएको हो । पत्रमा सह–सचिव पण्डितको नेतृत्वमा समिति बनाइएको समेत उल्लेख छ । पत्रमा पीडितका तर्फबाट ५ सदस्यीय टोली गठन गरेर आउन पनि भनिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि