१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

इलाम २ र बझाङ १ को उपनिर्वाचनको मिति तोक्दै निर्वाचन आयोग

१३ फागुन, काठमाडौं। प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन आगामी वैशाख तेस्रो साता हुने भएको छ । त्यसबारे निर्णय गर्न आज निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै छ । बैठकले वैशाख १४ गते पछाडि र २० गते अगाडिको मिति तोक्ने तयारी गरेको छ ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएकाले सो पद रिक्त छ । यसैगरी बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो ।

स्थानीय तहको उपनिर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तोक्छ भने प्रदेश र प्रतिनिधि सभाको उपनिर्वाचनको मिति सरकारसँग परामर्श गरेर निर्वाचन आयोगले तोक्ने व्यवस्था छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचनको विषयमा सरकारसँग परामर्श गरिसकेको र सोहीअनुसार आजको बैठकबाट निर्णय गर्न लागिएको जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि