११ मंसिर २०८२, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

नाभाल्नीको शव उनकी आमालाई जिम्मा लगाइयो

१३ फागुन, काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमाले बुझेकी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीको १६ फेब्रुअरीमा आर्कटिक सर्कलको जेलमा मृत्यु भएको थियो ।

उनको अन्तिम संस्कार हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ । नाभाल्नीको अन्तिम संस्कार गोप्य ढंगले गर्न उनकी आमालाई मनाइएको र त्यही सर्तमा शव दिइएको दाबी गरिएको छ ।

नाभाल्नीको मृत्युको प्रमाणपत्रमा मृत्युको कारण प्राकृतिक लेखिएको छ । त्यसमा उनकी आमा ल्युदमियाले हस्ताक्षर गरेपछि मात्र शव जिम्मा लगाइएको हो । यसअघि शव माग गर्दै आमा ल्युदमिया नाभाल्नीको मृत्यु भएको जेल अगाडि उभिएकी थिइन् ।

नाभाल्नीका प्रवक्ताले भनेका छन् गोप्य ढंगले अन्त्येष्टि नगरेमा शव जेलभित्रै गाड्ने भनिएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि