२९ मंसिर २०८२, सोमबार
समाचार समाज सूचना प्रविधि

टिकटक चलाउने इन्टरनेट सेवा प्रदायकलाई स्पष्टीकरण

१२ फागुन, काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ ।

सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका दूरसञ्चार ऐन २०५३ बमझनपक कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।

यसअघि सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो । तर, केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटकमा पहुँछ छ ।

प्राधिकरणले सूचना जारी गर्दै टिकटक चलेका पाइए [email protected] मा पठाउन अपिलसमेत गरेको छ । सूचना दिंदा कुन कम्पनीबाट चलेको हो भन्नेबारेमा जानकारी गराउनु पर्नेछ ।

पछिल्लो पटक टिकटकले केही प्रतिबद्धतासहित पत्र पठाए पनि टिकटक चलाउनेबारे सरकारले केही निर्णय गरेको छैन ।

हेर्नुहोस् प्राधिकरणको सूचना :

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि