२९ मंसिर २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

उपकुलपति बरालले सम्हाले कार्यभार

११ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

निमित्त उपकुलपति शिवलाल भुसालले उनलाई पदभार ग्रहण गराएका हुन् । नवनियुक्त उपकुलपतिको पदभार कार्यक्रममा रेक्टर, रजिस्ट्रार डिनहरु लगायत पदाधिकारी र प्राध्यापक, कर्मचारी सहभागी थिए ।

बराललाई बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालले नियुक्त गरेका थिए । शुक्रबार बिहान नियुक्तिपत्र बुझेर दिउँसो पदभार गरेका छन् ।
शिक्षा मन्त्री एवम् सहकुलपति अशोक कुमार राईको संयोजकत्वमा बनेको उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिस अनुसार बराल उपकुलपति नियुक्त भएका हुन् ।

पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्रा.डा. व्यवस्थापन संकायअन्तर्गतको वित्त विषयका प्राध्यापक हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि