१२ श्रावण २०८१, शनिबार
समाचार समाज

प्रसूतिगृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी

११ फागुन, काठमाडौं । थापाथलीस्थित प्रसूतिगृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ ।

काभ्रेकी एक जना महिलाले जन्मदिएको २६ दिनको शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, एक जना महिलाले केहिवेर खेलाउने भनेर बोकेर शिशुलाई लिएर गायब भएको पाइएको छ । प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको छ ।

‘फुटेजमा एक जना महिला बच्चालाई बोकेर हिँडिरहेको देखिएको छ’, एक अधिकृतले भने ।

घटना प्रहरीका एसपी नवराज अधिकारीले पनि शिशुको खोजी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्