२१ फाल्गुन २०८२, बिहीबार
राजनीति समाचार समाज

एमालेले प्रधानमन्त्रीलाई दियो ३ दिन

११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूहरुले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ३ दिन समय दिएको छ ।

शुक्रबार विपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको संसद सुचारु भएपछि विशेष समय लिएर बोलेका एमाले सचेतक महेश बर्तौलाले ६ फागुनको बैठकदेखि प्रतिपक्षी दलहरुले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘अब बस्ने बैठक, संसदले बनाएको तालिका बमोजिम १३ वा १४ गते हाम्रो बैठक छ, समय छान्ने सुविधा प्रधानमन्त्रीलाई भयो, उपयुक्त बैठकमा उपस्थित भएर प्रतिपक्ष बेञ्चबाट उठाएको सवाल सम्बोधन गर्न माग गर्छु ।’

विपक्षी दलहरुले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । एमालेले ज्वालासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको समेत राजीनामा मागेको छ ।

एमाले सचेतक बर्तौलाले संसदको आगामी बैठकमा मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफसहित आउन प्रधानमन्त्रीलाई आग्रह गरे । तर संसदलाई छलेर भाग्दै हिँडे नाकमा नत्थी लगाएर तान्ने भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामीसँग यति तागत छ कि नाकमा नत्थी लगाएर संसदमा ल्याउनुपर्ने परिस्थितिमा प्रमुख प्रतिपक्ष र प्रतिपक्षीहरुलाई नपुर्याइयोस् ।’

बर्तौलाभन्दा अगाडि बोलेका नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सबै संयमित हुनुपर्ने बताएका थिए । प्रतिपक्षले आलोचना गर्यो भनेर सत्तापक्ष आतंकित हुन नहुने उनले बताए । ‘प्रतिपक्ष ठूलो छ, प्रमुख प्रतिपक्ष हिजो सरकारमा बसेको, आज पनि गभर्मेन्ट इन वेटिङ हो । झण्डैको सरकारका बारेमा यता (सत्तापक्ष)का साथीहरुको पनि केही धारणा हुनसक्छ’ उनले भने, ‘त्यो धारणाको अभिव्यक्ति भयो भन्दैमा प्रतिपक्ष पनि आतंकित हुनुपर्ने देख्दिनँ ।’

कसैले पनि मलाई हेर्दै नहेर, हेरे पनि जोडले सास नफेर भन्ने ढंगले जान नहुने लेखकले बताए ।

लेखक र बर्तौला बोलेपछि सदनलाई नियमित कार्यसूचीमा लैजाने क्रममा सभामुख देवराज घिमिरेले संसदको पछिल्लो बैठकमा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि