२९ आश्विन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

आजदेखि मौसममा सुधार, काठमाडौंमा घाम लाग्यो

११ फागुन, काठमाडौं । आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली मात्र छ । बाँकी भागमा भने मौसम सफा छ ।

महाशाखाका वरिष्ठ मौसमविद मिन कुमार अर्यालले भने, ‘अहिले धेरैजसो ठाउँमा मौसम सफा छ । दिउँसो चाहिँ गण्डकी र कोशीका पहाडी क्षेत्रमा आंशिक तथा साधारण बदली हुन्छ । बाँकी तिर सफा हुन्छ ।’

पश्चिमी वायुको प्रभावले गत आइतबारदेखि पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको थियो । यो पूर्वतिर सर्ने क्रममा विहीबार काठमाडौं उपत्यकामा समेत वर्षा भएको थियो ।

आज बिहानदेखि भने काठमाडौं घाम लागेको छ । बिहीबार साँझ हल्का वर्षा भएकाले काठमाडौंसहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा देखिएको छ ।

बिहीबार काठमाडौंमा ३.६ मिलिमिटर वर्षा भएको थियो । पोखरामा ७.५, घोराहीमा ५.८, दिपायल र डडेलधुरामा समान ३/३ मिलिमिटर वर्षा भएको थियो ।

महाशाखाका अनुसार अब गर्मी बढ्ने छ । तापक्रम बढेसँगै स्थानीय वायुको प्रभावले हावाहुरी चल्ने र चट्याङ सुरु हुने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि