२१ फाल्गुन २०८२, बिहीबार
राजनीति समाचार समाज

दाग लागेको मन्त्रीलाई घर पठाऔं : गगन थापा

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काम गर्न नसक्ने र विवादित मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने बताएका छन् ।

बिहीबार पार्टीको महासमिति बैठकको समापन कार्यक्रममा बोल्दै उनले दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका हुन् ।

पार्टीबाट निर्वाचित भएका वडाध्यक्षदेखि मन्त्रीसम्म सबै जनप्रतिनिधिले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्ने थापाले बताए । ‘म जस्तो सांसद होस् वा मन्त्री होस् प्रत्येकले रिपोर्ट कार्ड दिन सक्नुपर्छ । हाम्रो कामबाट नागरिक खुशी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔं, दाग लागेको मन्त्रीलाई घर पठाऔं’, उनले भने ।

अहिले पार्टीको कतिपय ठाउँमा दाग लागेको र ऐना पुछेर दाग नजाने भन्दै उनले पहिले अनुहारको दाग मेटाउनुपर्ने बताए ।

उनले नेताको नाममा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेहरुलाई पार्टीले ठीक गर्नुपर्ने टिप्पणी गरे । कांग्रेसका कार्यकर्ताले दुःख र समस्या छ भनेर सुविधा नपाउने भन्दै थापाले भने, ‘दुःख जसले पनि देखाउन सक्छ, हामीले दुःखको हल दिनुपर्नेछ । किनकी हामी जिम्मेवारीमा छौं ।’

काम गर्न नसक्ने वडाध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भन्न सक्नुपर्ने महामन्त्री थापाले बताए । ‘भ्रष्टाचारमा मुछिएको मान्छेलाई कांग्रेसले वरिपरि राख्न सक्दिन भन्नुपर्छ, त्यसपछि कामको तागतमा हाम्रो शक्ति आफैं बढ्दै जान्छ’, उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि